नेपाली सेनाको रथीमा बढुवामा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । नेपाली सेनाका रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा थापालाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । ४ मंसिरको मन्त्रीपरिषद्को बैठकले थापालाई उपरथीबाट रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

यो सँगै थापा आगामी प्रधानसेनापतिका मुख्य दाबेदार बनेका छन् । २४ भदौ २०८४ मा अहिलेका प्रधानसेनापति सिग्देल अवकाशमा जानेछन् । त्यसपछि उनको ठाउँमा प्रधानसेनापति बन्ने सम्भावना थापाको प्रबल छ ।

त्यसैगरी उपरथीमा बढुवा भएका मनोज थापालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्राविधिक सहायक रथीमा बढुवा भएका जगत शाह, पंकज रावल, शितल बानियाँलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

महासेनानीमा बढुवा भएका अरविन्द श्रेष्ठलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...