

धनगढी । धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गल्छी गाउँपालिका–७, गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा डडेलधुराको अजयमेरु गाउँपालिका निवासी २८ वर्षीय बरुणप्रसाद भट्टको मृत्यु भएको हो ।
मंगलबार बिहान करिब ११ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका भट्टलाई तत्काल उपचारका लागि बैरेनी अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले केहीबेर पृथ्वी राजमार्ग अवरुद्ध गरेका थिए । हाल अवरोध हटेपछि सडक खुलेको छ र सवारी आवागमन सामान्य बनेको छ ।

