

बझाङ । केदारस्युँ गाउँपालिकाबाट एक थान एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको केदारस्युँ गाउँपालिका–७, काँडाचौरका बहादुर धामीलाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मंसिर ८ गते बिहान करिब २ः३० बजे धामीको घर तथा आँगनमा खानतलासी गर्ने क्रममा घरनजिकै रहेको खरको कुन्यूमा लुकाइछिपाइ राखेको अवस्थामा एक थान एकनाले भरुवा बन्दुक फेला परेको थियो ।
बरामद बन्दुकसहित धामीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

