

सप्तरी । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
रुपनी गाउँपालिका–६ मिलनचोकमा बुधबार राति जंगली हात्तीको आक्रमणबाट स्थानीय ५३ वर्षीय सुपबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
सप्तरीका प्रहरी प्रमुख एसपी रुपक खड्काका अनुसार राति करिब १ः३० बजे जंगलबाट गाउँ पसेको हात्तीबारे थाहा पाएपछि श्रेष्ठ घरबाहिर निस्किएका थिए । सोही क्रममा हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यसअघि मंगलबार राति पनि जंगली हात्ती गाउँ पसेर क्षति पुर्याएको एसपी खड्काले जानकारी दिए ।

