नक्कली महको कारोबार गर्ने एक जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौँ । काठमाडौँको टोखाबाट अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले धादिङको सिद्धलेक गाउँपालिका-२ घर भई हाल टोखा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार टोखा नगरपालिका- १ झण्डारे क्षेत्रमा अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। मंगलबार दिउँसो उक्त स्थानमा पुगेर चेकजाँच गर्दा मिसावट गरिएको अवस्थामा १५ बाल्टिन मह फेला परेको हो। बरामद गरिएको उक्त महको तौल ३८४ किलोग्राम रहेको प्रहरीले जनाएको छ।

अखाद्य पदार्थ मिसावट गरिएको महसहित पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले भने, ‘नागरिकको स्वास्थ्यमा खेलबाड हुने गरी अखाद्य वस्तु मिसाएर मह उत्पादन तथा बिक्री वितरण गरेको पाइएकाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।’

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...