

काठमाडौँ । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ गायकको रूपमा पनि देखिएका छन् । सङ्गीतकार बाबुल गिरीको सङ्गीतमा तयार भएको ‘ए ससुरा बा’
गीतको म्युजिक भिडियोमा धुर्मुस आफैँ देखिएका छन् ।
भिडियोमा उनलाई अभिनेत्री उषा उप्रेती, कलाकार राजाराम पौडेल, सविन बास्तोला, अंशु महर्जन, सीता तिमिल्सिना र सन्तोष थापाले साथ दिएका छन् ।
‘ए ससुरा बा’ सार्वजनिक भएसँगै धुर्मुसको यो नयाँ अवतारबारे सामाजिक सञ्जालमा समेत चर्चा हुन थालेको छ ।

