बाजुरामा गर्भ संरक्षण र डडेल्धुरामा लागूऔषध मुद्दाका प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना सजाय तोकिएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

बाजुरामा गर्भ संरक्षण मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका बुढीनन्दा नगरपालिका–७ का ३२ वर्षीय प्रकाश लोवार पक्राउ परेका छन् ।

जिल्ला अदालत बाजुराको २०७८ चैत १ गतेको फैसलाले सजाय तोकिएका लोवारलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले बुधबार दिउँसो बडिमालिका नगरपालिका–९ मार्तडी बजारबाट पक्राउ गरेको हो ।

यस्तै, डडेल्धुरामा लागूऔषध मुद्दामा दोषी ठहर भई ६ महिना ३ दिन कैद र ११ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका ४२ वर्षीय रामबहादुर पुन पक्राउ परेका छन् ।

आलिताल गाउँपालिका–२ घर भई हाल अमरगढी नगरपालिका–४ खलंगा बस्दै आएका पुनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले बुधबार दिउँसो अमरगढी नगरपालिका–३ स्थित आइत बजारबाट पक्राउ गरेको हो ।

प्रहरीले दुवै जनालाई अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...