सुनकोशी–मरिण ठेक्का रद्दबारे प्रधानमन्त्री कार्यालयको भूमिकामाथि छानबिन गर्न आङ्देम्बेको माग

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

मंगलबार सार्वजनिक लेखा समितिले यसबारे सरकारलाई सात बुँदे निर्देशन दिएको थियो। सोही सन्दर्भमा आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेको उनको सचिवालयले जनाएको छ।

उनले आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा ‘मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएकोु भन्दै यस विषयमा छानबिन आवश्यक रहेको बताएका छन्।

‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला, तर कानुन कुल्चिने अधिकार छैन। यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले भने। आङ्देम्बेले प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर यातना दिने ठाउँ भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका छन्।

‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातनागृहरु कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दियोरु ठेक्का रद्द गर्ने कानुनी आधार के होरु राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिनेरु’ उनले प्रश्न गरेका छन्।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले ठेक्का रद्द गर्ने सन्दर्भमा सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लंघन र राज्यशक्तिको दुरुपयोगबारे प्रश्न उठाएका थिए। समितिले आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ।

यही पृष्ठभूमिमा आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिएका हुन्।

मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको यो राष्ट्रिय गौरवको आयोजना हो। आयोजनाको १३।३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...