करिब पाँच किलो थाई गाँजासहित विमानस्थलबाट एक भारतीय पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

करिब पाँच किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको केरला, मुलरिया ठेगाना भएका २९ वर्षीय अब्दुल नौसाद रहेका छन् । उनीबाट ४ किलो ८ सय ग्राम थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

उनी बाटिक एयरको उडानमार्फत थाइल्यान्डबाट मलेसिया हुँदै काठमाडौं आएका थिए ।

पक्राउ परेका नौसादमाथि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले थप अनुसन्धान अघि बढाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...