

डोटी । डोटीको बडीकेदार गाउँपालिका–२ खरहरस्थित सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ।
जनजागृति सामुदायिक वनको नवल कुटी खोला किनारमा रहेको रुखको फेदमुनि बिहीबार दिउँसो एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय विपिनगर, डोटीबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो।
बरामद गरिएको बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

