सर्बिया पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

काठमाण्डौ । वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने ४१ वर्षीय गोबिन्द थापा मगर रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंसिर ९ गते काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार मगरले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया लैजाने भन्दै एक पीडितबाट २ लाख रुपैयाँ असुलेका थिए। रकम लिएपछि लामो समयसम्म झुक्क्यानमा राखी सर्बिया नपठाई सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा पक्राउ परेका मगरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...