कैलाली र कञ्चनपुरबाट साढे ४ लाख बढीका भन्सार छलीका सामान बरामद

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । कञ्चनपुर र कैलालीबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब ४ लाख ५२ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

कञ्चनपुरका विभिन्न स्थानबाट शुक्रबार प्रहरीले ४ लाख २६ हजार ३०० रुपैयाँ बराबरका कपडा, तरकारी, एक थान मोटरसाइकललगायतका सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारेको थियो।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाँडीबाट २६ हजार ५०० रुपैयाँ बराबरका सुटपिस, साडीलगायतका कपडा बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा ती सामान फेला पारेको जनाएको छ।

दुवै जिल्लाबाट बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...