

धनगढी । अछामबाट धनगढी आइरहेको यात्रुबाहक बस डोटीमा दुर्घटना भएको छ । शनिबार बिहान चार बजेतिर ना ५ ख २६२ नम्बरको बस अनियन्त्रित भएर जोरायल गाउँपालिका–२ बुडरमा दुर्घटना हुँदा पाँच जना महिला घाइते भएका छन् ।
बस भीमदत्त राजमार्गअन्तर्गत प्रहरी प्रशिक्षण स्थल बुडर जाने बाटो नजिककै सडकको दायाँतर्फको नालीमा खसेको हो।
दुर्घटनामा बाजुराको बुढीगंगा गाउँपालिका–७ की ७० वर्षीया गोमा खड्का, बाँकेको जानकी गाउँपालिका–३ की ४६ वर्षीया मनिषा बुढा, अछाम मेल्लेख गाउँपालिका–६ की २५ वर्षीया डम्मरा विक, २३ वर्षीया केशरी विक र २१ वर्षीया सिर्जना भट्ट घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि धनगढी ल्याइएको छ ।
बस अछामको साफेबगर नगरपालिका–३ का २६ वर्षीय आकाश कुँवरले चलाएका थिए। दुर्घटनाको कारण ओभर लोड भएको पाइएको प्रहरीले जनाएको छ ।

