कैलालीमा खैरो हेरोइनसहित किशोर पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाबाट लागूऔषध खैरो हेरोइनसहित एक १६ वर्षीय किशोर पक्राउ परेका छन्।

गौरीगंगा नगरपालिका–८ लिक्मा शिविरमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति चेकजाँच गरेको थियो।

सो क्रममा सोही ठाउँका किशोरको साथबाट खैरो हेरोइनजस्तो देखिने १४० मिलिग्राम धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद पदार्थसहित किशोरलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...