

धनगढी । बैंकिङ कसुर मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय सुनाइएका कैलालीका एक युवक कञ्चनपुरबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–९ निवासी ३२ वर्षीय अस्मित शाह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो।
जिल्ला अदालत कञ्चनपुरको २०८३ जेठ १२ गतेको फैसलाले शाहलाई बैंकिङ कसुर मुद्दामा ११ दिन कैद र ८८ हजार ६६० रुपैयाँ जरिवाना तोकेको थियो।
फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

