खसीको भन्दै बाख्राको मासु बेचेको आरोपमा ८ जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्रा तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले शनिबार बिहान ४ बजे बजारमा पुगेर जाँच गर्दा ८ जना व्यक्तिले करिब ५६७ किलो बाख्राको मासु भ्यान र पिकअप गाडीमा लोड गरिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिकोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा र धादिङको गजुरी गाउँपालिका–१ घर भई बागबजार बस्ने २६ वर्षीय सनम तामाङ रहेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...