‘देशको गृहमन्त्रीलाई अर्को ‘गृहमन्त्री’ चाहिएकाले विवाह गर्न लागेको हुँ’

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । गृहमन्त्री सुधन गुरुङले देशको गृहमन्त्रीलाई अर्को ‘गृहमन्त्री’ आवश्यक परेकाले आफू विवाह गर्न लागेको बताएका छन् ।

शनिबार सुनसरीको इटहरीमा आयोजित तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले विवाहबारे भइरहेको चर्चामा रमाइलो शैलीमा प्रतिक्रिया दिएका हुन् ।

‘देशको गृहमन्त्रीलाई अर्को गृहमन्त्री चाहिएकाले विवाह गर्न लागेको हुँ,’ उनले भने, ‘बिहे एकदमै सामान्य हिसाबले गर्दै छु । त्यो पनि विधि र परम्पराअनुसार ।’

गुरुङले आफ्नो विवाहका लागि गोरखा रोज्नुको कारण पुर्खाको इतिहास, सामुदायिक पहिचान र मौलिक संस्कृति संरक्षण रहेको बताए ।

आफ्नो खुसीका लागि मात्रै नभई भावी पुस्तालाई समेत इतिहास, परम्परा र पहिचान हस्तान्तरण गर्ने उद्देश्यले परम्परागत शैलीमा विवाह गर्न लागेको उनको भनाइ छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...