कैलालीमा ३२० मिलिग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । कैलालीको गोदावरी नगरपालिकाबाट लागूऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–७ मा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीले शनिबार साँझ चेकजाँच गर्ने क्रममा ३२० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय योगेन्द्र साउँद, २६ वर्षीय खगेन्द्र रावल र २४ वर्षीय सुरज चौधरी रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...