

४ मंसिर, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा ४५ प्रतिशत मत खसेको छ । दिउँसो ५ बजेसम्मको अपडेटअनुसार ४५ प्रतिशत मत खसेको हो ।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार डडेल्धुरामा शान्तिपूर्ण ढंगमा मतदान भइरहेको छ । अहिले पनि मतदाता लाइनमा बसेर मतदान गरिरहेका छन ।
प्रतिनिधिसभातर्फ १ र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ९१ हजार २ सय मतदाता छन । देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका थिए ।
यहाँ देउवासँगै कांग्रेस बिपीका कर्णबहादुर मल्ल र स्वतन्त्र सागर ढकाल मुख्य प्रतिस्पर्धी रहेका छन् ।

