

१२ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने होडमा रहेका नेपाली कांग्रेसका दुई जना नेता चुनावमै पराजीत भएका छन् । मुख्यमन्त्रीको बलिया दाबेदारका रुपमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा।रणबहादुर रावल र सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा चुनावमा पराजीत भएका हुन् ।
कैलाली क्षेत्र नम्बर १ को प्रदेशसभा ९२० मा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका डा. रावललाई नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले हराएका हुन् । रावल चुनाव जितेर प्रदेशको मुख्यमन्त्री बन्ने लाइनमा थिए तर चुनावबाट पराजीत भएपछि उनको मुख्यमन्त्री बन्ने आकांक्षामा ब्रेक लागेको छ ।
यस्तै नेपाली कांग्रेसकै नेता समेत रहेका सामाजिक विकास मन्त्री बोहरा डडेल्धुराबाट पराजीत भएका छन् । डडेल्धुराको प्रदेशसभा ९१० मा बोहरालाई स्वतन्त्र उम्मेदवारी दिएका ताराप्रसाद जोशीले पराजीत गरेका हुन् । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रहेका जोशीले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
कांग्रेसबाट मुख्यमन्त्रीका बलिया दाबेदार चुनावमा पराजीत भएपछि अब मुख्यमन्त्री को बन्ला रु भन्ने सर्वत्र चासोको विषय बनेको छ । गठबन्धनमा भागबण्डाको सहमती मिलेमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेसका दुई जना मुख्य दाबेदार देखिएका छन् ।
कञ्चनपुर २ को प्रदेशसभा९२० बाट विजयी भएका बहादुरसिंह थापा र १ को ९२० बाट विजयी दिवानसिंह विष्ट मुख्यमन्त्रीका प्रबल दाबेदार हुन् । यद्यपी गठबन्धन र पार्टीभित्र हुने सहमतीले को मुख्यमन्त्री बन्छ रु भन्ने कुरा महत्वपूर्ण हुने नेताहरु बताउँछन् ।

