

२२ मंसिर, धनगढी । कैलालीमा हसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीया गौरीलाल ढुङगानाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । जोशीपुर गाउँपालिका ६ का ढुङगाना आफै इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।
ढुङगानाले मंगलबार जोशीपुर गाउपालिका ६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
उनको हसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

