सुदूरपश्चिम प्रदेशसभाको अन्तिम मतपरिणाम आयोगले प्रदेश प्रमुखलाई बुझायो

cp new add
Nisharg hospital
suchana

२ पुष, धनगढी । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम प्रदेश प्रमुखलाई बुझाएको छ । शनिबार निर्वाचन आयोगकी आयुक्त डा।जानकी तुलाधरको नेतृत्वमा आएको आयोगको टोलीले प्रदेश प्रमुख देवराज जोशीलाई अन्तिम मतपरिणाम बुझाएको हो ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमदत्त भट्टले आयुक्त तुलाधरले प्रदेशसभातर्फको निर्वाचनको अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाएको जानकारी दिए । निर्वाचन आयोग प्रतिवेदन बुझाएसँगै अब निर्वाचित प्रदेशसभा सदस्यको सपथ ग्रहण, प्रदेश सरकार गठन लगायतका प्रक्रिया अघि बढ्ने भट्टले बताए ।

। प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा समानुपातिकतर्फका २१ समेत गरेर ५३ जना प्रदेशसभा सदस्यहरु निर्वाचित भएका छन् । संविधानअनुसार निर्वाचन आयोगले अन्तिम मतपरिणाम बुझाएको २० दिनभित्र प्रदेशसभाको बैठक आह्वान गर्नुपर्नेछ ।

बैठक आह्वान गर्न पूर्व ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ ग्रहण गराउनेछन् भने ती ज्येष्ठ सदस्यले अन्य निर्वाचित प्रदेशसभा सदस्यहरुलाई  सपथ खुवाउने छन् । सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यले प्रदेशसभाका बैठकको अध्यक्षता ग्रहण र सञ्चालन गर्ने संवैधानिक व्यवस्था रहेको छ

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...