धनगढीमा खुल्यो नेपालकै पहिलो पूर्ण कृषि मार्ट

Nisharg hospital

१७ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा नेपालकै पहिलो पूर्ण कृषि मार्ट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–४ एन.डी मार्गस्थित खुलेको मार्टको मंगलबार एक औपचारिक कार्यक्रमकाबीच सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले विधिवत रुपमा उद्घाटन गरेका छन् ।

धनगढीमा लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका विष्णुराज बुर्लाकोटीले मार्ट सञ्चालनमा ल्याएका हुन् । कार्यक्रममा बोल्दै सञ्चालक बुर्लाकोटीले सुदूरपश्चिमको कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको बताए ।

सुदूरपश्चिममा उत्पादित कृषि वस्तुहरुले बजार सुनिश्चितता नपाउँदा र कृषि उत्पादित वस्तुको उचित मूल्य नपाउँदा कृषकहरुको उत्पादन क्षमतामा बृद्धि भएको नभएको बताउदै उनले त्यसलाई सुनिश्चित गर्न मार्ट सञ्चालन गरिएको जनाए ।

Navjiwan hospital adv

उनले कृषि उपजमा सहुलियत खोज्नु, बजारिकरणको सही व्यवस्थापन नहुनु जस्ता कारणले उपभोक्ताले एकै ठाउँ चाहेको वस्तु नपाउने समस्या रहेकाले उत्पादनकर्ता र उपभोक्ताको मनोभावनाको गहिरो विश्लेषणमार्फत मार्ट स्थापना भएको समेत उल्लेख गरे ।

उनकाअनुसार मार्टले विशेषगरी किसानलाई व्यवसायीकरण गराउदै उपभोक्तालाई स्वस्थकर र गुणस्तरीय खाद्य सामाग्री उपलब्ध गराउने, बिउ,बिजन, मलखाद तथा कृषि मेसिन सहज रुपमा उपलब्ध गराउने, अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने, कृषि र भेटेनरिनरी सम्बन्धी परामर्श दिने, लोप हुँदै गएका स्थानीय परिकारका खाना उपलब्ध गराउने जस्ता लक्ष्य राखेको छ ।

मार्टले बिउ विजन खरिद तथा बिक्रि, कृषि तथा भेटेरिनरी औजार उपकरण तथा मेसिनहरु बिक्रि, ताजा तरकारी तथा फलफूल बिक्रि, कृषि उत्पादनको बिक्रि, फ्रोजन मिट तथा माछा बिक्रि, कृषि तथा वन लद्यु उद्यम, घरेलु उद्योगबाट उत्पादित हस्तकला सामाग्री बिक्रि गर्ने जनाएको छ ।

मार्टमा डेरी, परम्परागत तथा स्थानीय खाजा र खानाको प्रबन्ध रहेको छ भने परम्परागत ज्ञान र प्रविधिसहितको कृषि संग्राहलय समेत राखिएको छ । यो मार्ट सुदूरपश्चिममा मात्र नभएर नेपालकै एकै ठाउँमा कृषि उपज पाइने पहिलो मार्ट भएको सञ्चालकले जनाएका छन् ।

याे पनि हेर्नुस्
Loading...