ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

cp new add
Nisharg hospital

काठमाडौं । ओखलढंगामा ढुंगा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका –९ राघवपुरमा ढुङ्गा लोड गरेर मानेभञ्ज्याङतर्फ जाँदै गरेको लु ४ त १६७२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरमा सवार मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी मगर र सोही ठाउँका ६२ वर्षीय छविलाल तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...