कैलाली प्रहरीले समातेका करोडको सुन चोरीका आरोपी १० हजार धरौटीमा छुटे

Nisharg hospital
Airth Mantralaye

२४ साउन, धनगढी । भारतको पञ्जाबबाट करोड बढि मूल्यको सुन चोरीको आरोपमा पक्राउ परेकाहरु १०÷१० हजार धरौटी बुझाएर छुटेका छन् । कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको आदेशमा सुन चोरीको आरोपमा पक्राउ परेका धनगढीका व्यवसायी सन्तोश लामिछानेसहितका ६ जना धरौटी बुझाएर छुटेको प्रशासन स्रोतले पुष्टि गरेको छ ।

pradesh helath nirdesanalaye
gauriganga

कैलाली प्रहरीले लामिछानेसहितका ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाएको थियो । लामिछाने नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष पनि हुन् । तर जिल्ला प्रहरी कार्यालयले भने विस्तृत विवरण प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्ने जनाएको छ ।

Dhangadhi bidhut

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बुधबार (भोलि) मात्र प्रेस विज्ञप्ती मार्फत सो सम्बन्धमा विस्तृत विवरण सार्वजनिक गर्ने बताए ।

सुन व्यवसायी लामिछानेलाई प्रहरीले गत १८ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । उनी चोरीको सुन खरिदमा संलग्न भएको प्रहरीले दाबी गरेको थियो । उनीसँगै पक्राउ परेका अन्यको परिचय भने अझै खुलाइएको छैन ।

 

 

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...