अदालतको फैसला कार्यान्वयनका क्रममा डोटीमा लागूऔषध मुद्दाका दोषी पक्राउ

cp new add
Nisharg hospital

डोटी । लागूऔषध खैरो हेरोइन मुद्दामा कैद सजाय तोकिएका एक युवकलाई प्रहरीले डोटीबाट पक्राउ गरेको छ।

जिल्ला अदालत डोटीले २०८२ माघ २२ गते जोरायल गाउँपालिका–४ खैगाडका २२ वर्षीय खेमबहादुर पुन मगरलाई १ महिना १ दिन कैद सजाय सुनाएको थियो।

फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको टोलीले उनलाई बिहीबार दिपायल सिलगढी नगरपालिका–६ सिलगढी बजारबाट पक्राउ गरेको हो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...