बैतडी प्रहरी र सरकारी वकिलका नाममा कारण देखाउ आदेश, कारण यस्तो छ

Nisharg hospital

२५ साउन, धनगढी । जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय बैतडीको नाममा कारण देखाउ आदेश जारी भएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधिश कृष्णलाल भट्टराइको इजलासले दुवै कार्यालयको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

swostik

मेलौली नगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष महेन्द्रबहादुर चन्दले आफूमाथि कुुटपिट गरेको जाहेरी दर्ता नगरेको भन्दै परमादेशको माग गर्दै दायर गरेको रिटमाथि सुनवाइ गर्दै उच्चले यस्तो आदेश जारी गरेको हो ।

चन्दले दिएको जाहेरी दर्ता नगर्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न दुवै कार्यालयलाई आदेश दिइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...