बझाङमा दुई छाेराछाेरीसहित युवती मृत भेटिइन्

Nisharg hospital

२५ साउन, धनगढी । बझाङमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत फेला परेकाे प्रहरीले जनाएको छ ।

Dhangadhi suchana

मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमीका र तीन वर्षीय छोरा मोहित रहेकाे बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । उनकाअनुुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको बताउदै अहिले जिल्लाबाट अनुसन्धान टाेली घटनास्थल तर्फ गइरहेको छ ।

स्थानीय प्रहरीले घटनास्थल सिल गरेकाे छ भने गएराति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिइएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...