कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, २ जना गम्भीर घाइते

Nisharg hospital

२६ साउन, धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । वेदकोट नगरपालिका वडा नम्बर १० मा बुधबार म २ प ७२८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार चालक बेलौरी नगरपालिका २ बस्ने मंगल राना र पछाडि सवार सोही ठाउँका मानबहादुर राना गम्भीर घाइते भएका छन् । महेन्द्रनगरमा सम्भव नभएपछि उनीहरुलाई धनगढी रेफर गरिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...