धनगढीको नवजीवन अस्पतालले दृष्टि फाउन्डेसनमा आश्रीतलाई निःशुल्क चेकजाँच गर्ने

cp new add
Nisharg hospital

४ फागुन, धनगढी । धनगढीको नवजीवन अस्पताल प्रा.लिले दृष्टि फाउन्डेसनमा आश्रीतहरुको निःशुल्क चेकजाँच गर्ने भएको छ ।

अस्पतालका सञ्चालक यज्ञराज ढुंगानाले बिहीबार परेको जन्म दिनको अवसरमा फाउन्डेसनमा आश्रीतहरुलाई निःशुल्क चेकजाँच गर्ने घोषणा गरेका हुन् ।

जन्म दिनको अवसरमा फाउन्डेसनमा आश्रीतहरुलाई सहयोग गर्दै ढुंगानाले भने, ‘हाम्रो नवजीवन अस्पतालमा अबदेखि उहाँहरुलाई निःशुल्क चेकजाँच गर्ने व्यवस्था मिलाउनेछौँ ।’

एमाले सुदूरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य समेत रहेका ढुङ्गानाले बिहीबार जन्मदिनको अवसरमा फाउन्डेशनमा पुगेर सहयोग गरेका थिए । उनले आश्रितहरुलाई बिहानको खाना खुवाएका हुन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...