२७ साउन, धनगढी । करेन्ट लागेर घाइते भएका एक जना विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । करेन्ट लागेर घाइते भएका जिल्लाको बडीमालिका नगरपालिका–८ का भक्त रावलको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो ।
रावललाई बुढीगंगा नगरपालिकामा बिहीबार करेन्ट लागेकोृ थियो । उनी विद्युत प्राधिकरण बाजुरा वितरण शाखामा कार्यरत थिए ।
रावललाई अछामबाट थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।