
२७ साउन, धनगढी । कञ्चनपुरमा बिहीबार राति चोरी भएको सरकारी मोटरसाइकल भेटिएको छ ।

जिल्लाको बेदकोट नगरपालिका–४ का वडा सदस्य नबराज भट्टको घर अगाडी पार्किङ गरेको अवस्थामा हराएको म १ प ४८५ नम्बरको मोटरसाइकल फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

मोटरसाइकल बेदकोट नगरपालिका २ कै एक सामुदायिक बनभित्र झाडीमा लुकाएको अवस्थामा भेटिएको हो भने चोरीमा संलग्न ब्यक्तिहरुको पहिचान खुल्न सकेको छैन ।
