कैलालीमा झण्डै तीन लाखसहित ४ जना जुवाडे पक्राउ, भाग्न खोज्दा दुई घाइते
२७ साउन, धनगढी । कैलालीमा दुई लाख ९० हजार रूपैयाँसहित चार जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार जिल्लाको गोदावरी नगरपालिका-२ शिवनगर टोलमा स्थित सन फ्लावर गेस्ट हाउसबाट उक्त रकमसहित जुवाडेलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा होटल सञ्चालक कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का ४५ वर्षीय सन्देश केसी, गोदावरी नगरपालिका- ४ बस्ने ३५ वर्षीय टेक बहादुर रावल, ४२ वर्षीय पदम भट्ट र बैतडीको पुर्चौडी नगरपालिका-३ बस्ने २६ वर्षीय केशव कुँवर रहेका छन् ।
जुवा खेलिरहेको अवस्थामा भाग्न खोज्दा बैतडीको पाटन नगरपालिका- ४ बस्ने ३९ वर्षीय सुरेन्द्र ऐरी र धनगढी उप(महानगरपालिका-२ बस्ने ३४ वर्षीय सागर सिंह भाग्ने क्रममा घाइते भएका छन् ।
उनीहरूको माया मेट्रो अस्पताला धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।