स्व. क्रिकेटर शाहीको सम्झनामा म्यूजिक भिडियो ‘मेरो दाइ’ सार्वजनिक

Kailali hospital
Nisharg hospital

२८ साउन, धनगढी । स्व. क्रिकेट खेलाडी बिरेन्द्र शाहीको सम्झनामा ‘मेरो दाइ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । स्व.शाहीको जन्मदिनको अवसर पारेर लम्कीमा आयोजित स्मृति सभामा म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

स्व.खेलाडी शाहीका भाई शाहिल शाहीले स्वर दिएको म्यूजिक भिडियोको रचना रविन स्वारले गरेका हुन् भने पुष्कर खत्रीले एरेन्ज गरेको हुन् । म्यूजिक भिडियोमा गायक शाहिल शाही, कौशल अवस्थी र रमेश शाहीले अभिनय रहेको छ । पत्रकार सागर परियारले व्यवस्थापन गरेको म्यूजिक भिडियोको सम्पादन अमित विकले गरेका हुन् ।

Navjiwan hospital adv

रविन स्वारले नै निर्देशन गरेको म्यूजिक भिडियोमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको श्रदाञ्जली तथा समवेदता सन्देश पनि समेटिएको छ । म्यूजिक भिडियो शनिबार नै गायक शाहिल शाहीको यूट्युव च्यानलमार्फत सार्वजनिक पनि भइसकेको छ ।

याे पनि हेर्नुस्
Loading...