३१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ओल्के पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ। प्रदेश सरकारले बुधबार भोलि परेको ओल्के पर्वका लागि प्रदेशभर सार्वजनिक विदा दिइएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्दै मिठो मसिनो खानेकुरा र कोसेली दिएर भदौ १ गतेका दिन ओल्के पर्व मनाउने चलन रहेको छ ।