३१ साउन, धनगढी । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुमा रहेको केदार आधारभूत विद्यालयमा दुई जना विद्यार्थी मात्र भेटिएका छन् ।
महाकालीका मेयर नरसिंह चैसिरले गरेको अनुगमनका क्रममा कक्षा १ र २ मा अध्ययन गर्ने दुई जना विद्यार्थी मात्र विद्यालयमा भेटिएका हुन् ।
कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा चालु शैक्षिक सत्रमा १४ जना भर्ना भएपनि स्थलगत निरीक्षणका क्रममा दुई जना मात्र भेटिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ तर शिक्षक भने स्थायी, करार सेवा र बाल विकास गरेर तीन जना छन् ।