दार्चुलामा जीप दुर्घटना : थप ५ जना घाइतेको उद्दार

Dhangadhi

१ भदौ, धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा भएको जीप दुर्घटनामा घाइते भएका थप पाँच जनाको घटनास्थलबाट उद्दार गरिएको छ ।

Nisharg hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले थप पाँच जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको जानकारी दिए ।

add krishi mela

उनकाअनुसार घाइतेहरुको परिचय खुलेको छैन भने घटनास्थलमै मृत्यु भएका पाँच जनाको सनाखत पनि हुन सकेको छैन । बुधबार गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप दुर्घटनामा परेको हो ।

ok

जीपमा के कती यात्रु सवार थिए भन्ने कुरा समेत नखुलेको प्रहरीले जनाएको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...