खप्तड गोल्डकप : सुदूरपश्चिम–११ सेमिफाइनलमा प्रवेश

cp new add
Nisharg hospital
suchana

१४ चैत, धनगढी । आयोजक सुदूरपश्चिम–११ छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–० गोल अन्तरले हराउँदै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो ।

सुदूरपश्चिम–११ लाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रीक गोल गरे । सुदूरपश्चिम–११ का लागि सुरुवाती पाचौं मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरेका थिए । खेलको ३० औं मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे ।

उनले दोस्रो हाफमा ५१ औं र ६३ औं मिनेटमा गोल गर्दै यो संस्करणकै पहिलो ह्याट्रीक गरे । उनले खेलकै ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद दश हजार जिते ।
नेपाल पुलिसका खेलाडीले आजको खेलमा थुप्रै अवसरहरु पाए पनि गोल गर्न सकेनन् । जितसँगै सुदूरपश्चिम–११ ले सेमिफाइनलमा स्थान बनाएको छ ।

अब सुदूरपश्चिमले थ्री स्टार क्लवसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १६ गते हुनेछ । प्रतियोगिता अन्तरगत बुधबार मनाङ मस्र्याङ्दी र क्यामरुनको एभिनर फुटबल क्लवले पहिलो सेमिफाइनल प्रतिस्पर्धा गर्नेछन् ।

खेल दिउसो ३ः३० बजे सुरु हुनेछ। मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...