press
po

जनार्दन शर्माको प्रश्न : सरकार कसले चलाइरहेको छ ?

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

sanjiwan
Nisharg

उनले पत्रकारहरूको गिरफ्तारी संविधान र प्रेस स्वतन्त्रताविरोधी भएको टिप्पणी गर्दै प्रधानमन्त्रीलाई नै घटनाबारे जानकारी नभएको सार्वजनिक अभिव्यक्तिले सरकार सञ्चालनको अवस्थामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । ‘सरकार कसले चलाइरहेको छ ? चेन अफ कमान्ड किन त्यहाँभित्र छैन भन्ने गम्भीर प्रश्न उठेको छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

शर्माले मुलुकको राजनीति विघटनको दिशातर्फ अघि बढिरहेको भन्दै सबैलाई समयमै सचेत हुन आग्रह गरेका छन् । प्रेस स्वतन्त्रताविरुद्ध गरिएको गिरफ्तारीको जवाफ सरकारले दिनुपर्ने उनको भनाइ छ ।

HAMRO DAIRY

शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चौतर्फी विरोधपछि उनीहरूलाई सोही रात रिहा गरिएको थियो ।

यसैबीच, सादा पोसाकका प्रहरी पक्राउ पुर्जीबिनै विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेको र नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी टोली करिब तीन घण्टासम्म कार्यालयमा बसेको घटनाले पनि आलोचना बढाएको छ ।

नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाललगायत राजनीतिक दलहरूले घटनाप्रति आपत्ति जनाउँदै यसलाई प्रेस स्वतन्त्रता र संविधानमाथिको प्रहारका रूपमा टिप्पणी गरेका छन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...