कञ्चनपुरमा युवती मृत भेटिएको घटनामा परिवारका ६ जनाविरुद्ध मुद्दा दर्ता

Nisharg hospital

२ भदौ, धनगढी । कञ्चनपुरमा युवती मृत भेटिएको घटनामा ६ जना किटानी जाहेरी दर्ता गरिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा गत सुाउन ३० गते २५ वर्षीया शान्ती देवी धामी मृत अवस्थामा भेटिएको घटनामा परिवारका ६ जनाविरुद्ध माइती पक्षले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Navjiwan hospital adv

कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले आत्माहत्या दुरुत्साहनमा बुधबार माइती पक्षले किटानी जाहेरी दर्ता गरेको जानकारी दिए । उनले घटना अनुसन्धानकै क्रममा रहेकाले क कसकाविरुद्ध जाहेरी परेको छ भन्ने कुरा खुुलाउन नमिल्ने तर सबै परिवारकै सदस्य रहेको बताए ।

मृतक पार्वतीका श्रीमान भने भारतमा रोजगारी गर्दै आएका छन् । प्रहरीकाअनुसार घटना भएका बेला उनी भारतमै थिए । उनका श्रीमानविरुद्ध भने किटानी नपरेको प्रहरीले पुष्टि गरेको छ । मृतकका दुई जना छोराछोरी छन् ।

याे पनि हेर्नुस्
Loading...