आफ्नै फिल्म रिलिज भएको विषयमा केकी बेखबर

Nisharg hospital

अभिनेत्री केकीले थुप्रै फिल्म अभिनय गरेकी छन् । तर ‘छ माया छपक्कै’ बाहेक उनका कुनै पनि फिल्मले राम्रो व्यवसाय गरेको छैन । अभिनयमा तारिफ भने उनले हरेक फिल्मबाट पाउने गरेकी छन् । पछिल्लो समय उनको अभिनय समेत परिपक्व मानिँदै आएको छ । तर व्यवहारमा भने उनको परिपक्वता देखिँदैन । केही अगाडि आफ्नो व्यक्तिगत सम्बन्ध र विवाह लुकाउन सफल उनी फिल्मी असफलता भने लुकाउन असफल छिन् ।

Navjiwan hospital adv

केही समयअघि उनी अभिनित फिल्म ‘सिल्ली फो’ प्रदर्शनमा आएको थियो । प्रचार–प्रसारको अभावमा फिल्म हलमा लागेको र उत्रिएको दर्शकले पत्तो पाएनन् । सामाजिक सञ्जालमा प्रायः सक्रिय भइरहने केकीले पनि उक्त फिल्मको प्रचारका लागि केही सामाग्री पनि पोष्ट गरिनन् ।

यतिमात्र कहाँ हो र ? भदौ १७ देखि प्रदर्शनमा आउने फिल्म ‘झिङे दाउ’ को प्रचारमा कमेडी रियालिटी शोमा पुगेकी अभिनेत्री केकीले आफ्नो व्यवसायिक धर्म नै बिर्सिइन् । उक्त कार्यक्रममा उनले आफैंले अभिनय गरेको फिल्म ‘सिल्ली फो’ हलमा लागेको पत्तै नपाएको बताइन् । कलाकारले अभिनय गरेको पारिश्रमिक लिने तर फिल्म फ्लप भएपछि जिम्मा नलिने परम्परा त पहिलेकै हो । तर सफल भए मेरो फिल्म भन्नेर ठुला कुरा गर्ने र असफल भए रिलिजको पत्तै पाइन भन्नुचाहीँ गलत हो ।

याे पनि हेर्नुस्
Loading...