बैतडीमा युवायुवती मृत भेटिए

Nisharg hospital

३ भदौ, धनगढी । बैतडीमा युवायुवती मृत अवस्थामा भेटिएका छन् । जिल्लाको सिगास गाउँपालिका–३ बस्ने अन्दाजी २१ वर्षीय केशव दमाइ र १९ वर्षीया रमिता बिक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जना सिगास गाउँपालिका–५ को खयरकोटमा चिउरीको रुखमा गएराति मृत भेटिएका हुन् । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...