१८ असार, पोखरा । पोखरा स्पोर्टस अवार्डको छैंठौ संस्करणमा भलिबलकी अरुणा शाहीले दोस्रो पटक सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेकी छन् । खेलकुद पत्रकार मञ्चले शनिबार पोखरा सभागृहमा शाहीलाई महिलातर्फबाट वर्ष सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत गरेको हो ।
यसअघि उनले २०७३ को वर्ष खेलाडी ९महिला० घोषित भएकी थिइन् । उनले प्रतिस्पर्धामा रहेका क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाललाई उछिनेकी हुन् । उनको कप्तानीमा नेपालले ०७८ मा ढाकामा भएको सेन्ट्रल जोन भलिबल प्रतियोगितामा स्वर्ण पदक हात पारेको थियो ।
पुरुष तर्फको सर्वोत्कृष्ट खेलाडी टेनिसका प्रदीप खड्का बनेका छन् । उनले शीर्ष ३ भित्र परेका ब्याडमिन्टनका विधान अधिकारी र करातेका बुद्ध लामालाई उछिनेका हुन् । विजेता दुवैले इलेक्ट्रिक स्कुटरसहित ट्रफी हात पारेका छन् ।
लाइफ टाइम अचिभमेन्टसहित विभिन्न ७ वितरण गरिएको अवार्डमा टेनिस खेल हाबी भएको छ । टेनिसबाट वर्ष उत्कृष्ट खेलाडीसहित ३ जनाले अवार्ड हात पारेका थिए ।
पोखरा स्पोर्टस अवार्ड अन्तर्गत सातौं संस्करणमा वर्षोत्कृष्ट खेल संघ गण्डकी प्रदेश तेक्वान्दो संघले हात पारेको छ । संघले अवार्डसहित ३५ हजार रुपैयाँ हात पारेको छ ।
त्यस्तै, वर्ष उदीयमान खेलाडी विधामा ३५ हजार रुपैयाँ र ट्रफीसहित टेनिसका दर्शिल श्रेष्ठले बाजी मारे । वर्ष उदीयमान खेलाडीमा उत्कृष्ट ३ भित्र क्रिकेटकी श्रृष्टि जैसी र बक्सिङका शाहिल लिम्बु मनोनित भएका थिए ।
वर्षोत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापाले हात पारेका छन् । उनले ३५ हजार रुपैयाँसहित ट्रफी पाएका छन् । उक्त विधामा उत्कृष्ट ३ भित्र क्रिकेटका रिजन प्रजु र तेक्वान्दोका रेकमाया गुरुङ पछि परेका थिए ।