सुदूरपश्चिम खेपका सदस्य सचिवलाई कारबाही गर्ने नेकपाको चेतावनी

cp new add
Nisharg hospital

x३ भदौ, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेकपाको कैलाली जिल्ला जनअदालत न्याय तथा कानुन विभागले लेटर प्याडमा जारी गरिएको विज्ञप्तिमा पदीय मर्यादा विपरीत काम गरेको आरोप लगाउदै कारबाहीको चेतावनी दिइएको छ ।

Nast Ad

‘तपाइको काम कारबाहीको सुक्ष्म अध्ययन, अनुसन्धान जारी रहेको जानकारी गराउदछौँ। निम्न लिखित कुराहरूको बारेमा तपाईले प्राप्त गरेको पत्रको बाटोको म्याद बाहेक २५ दिनभित्र आवश्यक कागजात प्रमाणसहित हाम्रो कार्यालयमा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ,’ विभागका प्रमुख भनेर उल्लेख गरिएका अविनाशले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा न्याय तथा कानुन विभागको ऐन, नियम र कानुनअनुसार जनकारबाही गरिने छ ।’

उक्त विज्ञप्तीमा खेलकुद परिषदले मनोमानी ढङ्गबाट बिना प्रतिस्पर्धा कमिसनको भरमा कर्मचारी नियुक्ती दिएको, कमिसनको भरमा विभिन्न खेलकुद प्रतियोगिता संचालन गरेको जस्ता आरोप लगाइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...