कञ्चनपुरमा बाख्राको खोरमा महिला मृत भेटिइन्

cp new add
Nisharg hospital
suchana

२६ बैशाख, धनगढी । कञ्चनपुरको बेलडाँडीमा एक महिला मृत अवस्थामा भेटिएकी छन् ।

बेलडाँडी गाउँपालिका वडा नम्बर २ नवजागरण टोलकी ३२ वर्षिया देवकी पाल बुढा घर नजिकैको बाख्रा खोरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको छ । उनको शरीरमा बाहिर चोटपटक लागेको नदेखिएको प्रहरीको भनाई छ ।

मृतकका दुई छोरा रहेका छन् भने श्रीमान वैदेशिक रोजगारका लागि भारतमा छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...