
धनगढी । एभरेष्ट बैंकले धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। योसँगै बैंकको सुदूरपश्चिम प्रदेशमा शाखा संख्या १५ पुगेको छ।
नयाँ शाखाको धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र एभरेष्ट बैंकका सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
सोही अवसरमा बैंकको सुदूरपश्चिम प्रदेशस्थित प्रादेशिक कार्यालयको नयाँ भवनसमेत उद्घाटन गरिएको छ। बैंकका अनुसार प्रादेशिक कार्यालयको सेवा अब नयाँ भवनबाट सञ्चालन हुनेछ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो।

