फेसबुक एकाउन्ट ह्याक गरेर ठगी गर्ने तीन जना पक्राउ

cp new add
Nisharg hospital
Ban Mantralye

४ भदौ, काठमाडौं । विभिन्न व्यक्तिका फेसबुक एकाउन्ट ह्याक गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र भवेश राजवंशी छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालका अनुसार उनीहरुले विभिन्न व्यक्तिको फेसबुक एकाउन्ट ह्याक गरेर साथीहरुसँग समस्यामा परेको भन्दै ई–सेवामा रकम पठाउन लगाउने गरेका थिए । ‘इटहरीका डिल्लीबहादुर राउतको फेसबुक एकाउन्ट ह्याक गरेर उनीहरुले १२ जेठमा साथीहरुलाई समस्यामा परेको भन्दै म्यासेज पठाएछन्’ ढकालले भने ।
प्रहरीका अनुसार राउतले आफ्नो आईडीमार्फत विभिन्न व्यक्तिलाई पैसा पठाउन लगाएको थाहा पाएपछि प्रहरी कहाँ उजुरी दिएका थिए । त्यस क्रममा अनुसन्धान थाल्दा आईडी ह्याक गरेर ठगीमा संलग्न गिरोह पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार राईले बताए ।

tourism

उनीहरुले एक सफ्टवेयर बनाएर फेसबुक आईडीमा विभिन्न व्यक्तिलाई ब्यूटी कन्टेस्टका लागि भोट दिनुस् भन्दै सन्देश पठाउने गरेको राई बताउँछन् । त्यहीबेला जाने लिंकमा क्लिक गर्ने वित्तिकै प्रयोगकर्तालाई आईडी, पासवर्ड पुनः हाल्न भनिन्थ्यो ।

‘उनीहरुले झुक्याएर पासवर्ड चोर्नलाई त्यो पेज बनाएका थिए, त्यहाँ लिंक हाल्नेवित्तिकै सबै विवरण उनीहरुसम्म पुग्थ्यो’ राईले भने, ‘यसरी आईडी हात पारेर म्यासेन्जरमार्फत साथीहरुलाई एकदमै समस्यामा परेको भन्दै पैसा पठाउन लगाउने गरेको खुलेको छ ।’

हालसम्म उनीहरुले २५ भन्दा बढी फेसबुक एकाउन्ट ह्याक गरेर दुई लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुलेको ढकालले बताए । उनका अनुसार पक्राउ परेकाहरु कम्प्युटर साइन्स पढ्दै गरेका विद्यार्थी हुन् । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...