महिला साफ च्याम्पियनसिप नेपालमा हुने

Nisharg hospital

१८ असार, काठमाडौं । दक्षिण एसियाली फुटबल ९साफ० को महिला च्याम्पियनसिपको छैटौं संस्करण नेपालमा हुने भएको छ । आगामी भदौ १३ देखि २५ सम्म हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

Navjiwan hospital adv

बंगलादेशमा भएको साफ कंग्रेसअघि साफको कार्यकारी समितिको बैठकले नेपालमा महिला साफ च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको एन्फाका महासचिव किरण राईले जानकारी दिए । नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।

सन् २०१९ मा विराटनगरमा भएको प्रतियोगितामा नेपाल उपवपजेता बनेको थियो । छैटौं संस्करणको साफ च्याम्पियनसिप पनि नेपालमै भएमा लगातार दुई पटक महिला साफ च्याम्पियनसिप आयोजना गर्ने नेपाल पहिलो देश बन्नेछ ।

 

याे पनि हेर्नुस्
Loading...