धनगढीमा आईसीयूमा उपचाररत श्रीमानको कुरुवा बसेकी श्रीमती अस्पतालबाटै बेपत्ता

Nisharg hospital

४ भदौ, धनगढी । श्रीमानको उपचारका लागि डोटीबाट धनगढी आएकी एक महिला बेपत्ता भएकी छन् । बोगटान फुड्सिल गाउँपालिका-१ सिमचौरकी विष्ना देवी पुनमगर शनिबार सेती प्रादेशिक अस्पतालबाट बेपत्ता भएकी हुन् ।

पारिवारीक स्रोतकाअनुसार उनी श्रीमानको उपचारका लागि सेती अस्पतालमा आएकी थिइन् । विष्नाका श्रीमान भैरव पुनमगरको प्रादेशिक अस्पतालको आइसियू वार्डमा उपचार भइरहेको छ ।

उनी विगत चार दिनदेखि श्रीमानको कुरुवाका रुपमा अस्पतालमा बस्दै आएकी थिइन् । उनका छोरा कमल पुनमगरकाअनुसार गएराति आमा र आफू फरक फरक सुतेको बताउदै बिहान उठ्दा नभेटिएको बताएका छन् ।

उनले आमालाई देख्ने वा भेट्नेलाई ९७४२४१४६६७ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...