डडेल्धुरा जीप दुर्घटनामा घाइते सबैको परिचय खुल्यो

Nisharg hospital

५ भदौ, धनगढी । डडेल्धुरामा आइतबार दिउँसो भएको जीप दुर्घटनामा परेर घाइते हुनेको संख्या ८ पुगेको छ भने उनीहरुको परिचय पनि खुलेको छ।

Navjiwan hospital adv

घाइते हुनेमा अमरगढी नगरपालिका १ बस्ने कृष्ण सार्की, ११ बस्ने डम्बर बहादुर दमाई, गन्यापधुरा गाउँपालिका २ बस्ने चित्रा मल्ल, पशुपती मल्ल, जनक मल्ल, ३ बस्ने बाटु भुल, नवदुर्गा गाउँपालिका ३ बस्ने शारदा पन्त उप्रेती रहेका छन् ।

यस्तै जीप चालक यदुनाथ उप्रेती पनि घाइते अवस्थामा भेटिएका छन्। घाइते मध्ये ७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई धनगढी रेफर गरिएको छ ।

आइतबार दिउँसो दिपायलबाट आउदै गरेको जीप अमरगढी नगरपालिका १० को ऐरी गाउँ मोडमा उग्रतारा यातायातको से १ ज ५०४ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

याे पनि हेर्नुस्
Loading...